थारु गीत संगीतको लिक्या कतातिर ?

शेखर दहित
१९ जेष्ठ २०८०, शुक्रबार
थारु गीत संगीतको लिक्या कतातिर ?


थारु गीत संगीतको लिक्या कतातिर ?

थारु आधुनिक गीत संगितको ग्राफ क्रमिकरुपले बढ्दै गएको देख्दा जो कोहिलाई पनि खुसी मिल्छ । खासगरी ८० को दशकसम्म आईपुग्दा थारु गीत, अन्य  गीत संगीतको तुलनामा अब्बल सावित हुदैछ । अहिले अन्य समुदायहरुले मनोरन्जनको अवसरमा थारु गीतमा रमाइरहेका थुप्रै उदाहरणहरु छन् । यति मात्र नभई गैरथारु कलाकारहरु पनि थारु गीत प्रतिको मोह, मोडलिंग देख्दा सहज अनुमान लगाउन सकिन्छ ।

छोटो समयमा नै ५० मिलियन भन्दा बढी दर्शकको रुचि तथा छनौटमा परेको ‘सजन मोर’ बोलको गीत यूट्यूबबाट हटाइएको छ जुन गीतले इतिहास रच्दै थियो । यो समग्र थारु समुदायको गर्व गर्ने विषय थियो तर आपसी बेमेल, ईर्ष्या, लोभ लालच, मनमुतावको कारणले आज यसको इतिहास नामेट पारिएको छ । मलाई लाग्छ, अझै थारु गीत संगित आपसी प्रतिस्पर्धा गर्ने ग्राफमा पुगेकै छैन् थारु लोकलय, संगीतका हजारौ विधाहरु अझै पनि कोरा (भर्जिन) छन् । यो पक्षमा कलाकार, गीतसंगित सर्जक तथा निर्माताहरु बढी ध्यान दिन जरुरी छ ।

स्मरण रहोस, २०१० मा फिफा विश्वकपको लागि सकिराले गाएको ‘वक्का वक्का’ बोलको गीत विलियन पुगेको छ भविष्यमा ट्रिलियन नपुग्ला भन्न सकिदैन जुन अफ्रिकी नागरिकहरुले गर्व साथ भन्न सक्छन् कि यो भन्दा बढी रुचाइएको गीत कुनै छ भने ‘वक्का वक्का’ नै हो ।

कृपया नझुक्किनु होला, सजन मोरको सिक्वल भर्सन जुन २ मिलियन पुगेको छ ।

शेखर दहित
बर्दिया

थारु गीत संगीतको लिक्या कतातिर ?

शेखर दहित