‘सुशील दाई’को उँजरा भर सम्झना

बालिका चौधरी
२४ बैशाख २०८०, आईतवार
‘सुशील दाई’को उँजरा भर सम्झना

‘सुशील दाई’को उँजरा भर सम्झना

हुन त मलाई सबैले साहासी र स्ट्रोङ्ग बालिका भनेर भन्दछन्, भित्र बाट कति कोमल र भावुक रहेछु । दुख परेको ठाउँमा जान नस्क्ने, मान्छे बिटेको ठाउँ र छोरी मान्छेको बिहेमा कहिल्यै जान सक्दिन भनेर साथी गजेन्द्र याक्खा सङ्ग कुरा गरेको थिए । साथीको भनाई त्यो दुबै जानु पर्ने ठाउँ हो भन्नु भयो तर मेरो भक्कानो फुट्छ । किन किन जान सक्दिन ।

त्यस्तै सुशील दाईलाई भेट्न जान सकिरहेको थिइन । दाईको जस्तै अवस्था मैले मेरो आमालाई स्याहार गरेको थिए । मेरो दुर्भाग्य आमालाई बचाउन सकिएन । अझ सुशील दाईको फोटो फेसबुकमा राखेको देखेर हेर्न पनि सक्दिनथ्ये । मलाई मेरो आमाको यादले हावी बनाईरह्यो । आज जाउँला भोली जाउँला यस्तै समय बितिरह्यो । आज हिम्मत जुटाएर उहाँलाइ भेट्ने अठोट गरे । जब म त्यहाँ पुगे एकछिन त आँसु थाम्न सकिन । फेरि फर्केर बाहेर आए । आँसु लुकाएर उहाँको सामु गए मलाई देख्ने बित्तिकै मेरो नाम लिनु भयो । You are Balika from Khairapur हैन ? भन्दै औंला देखाउनु भयो । फेरि खुशीको आँसु आयो मेरो । उहाँ संग पहिला नै धेरै सुभचिन्तकहरु थिए । उहाँहरु ऋाफु आफु विचरा यस्तो उस्तो भन्दै गरेको सुने । दाई भने चुपचाप हुनु हुन्थ्यो । मलाई देखेर उहाँले भन्नुभयो you are very handsome यसरी देखाउदै भन्नुभयो । मैले you too भने उहाँ मख्ख पर्नु भयो ।

त्यसपछि म संग निरन्तर वार्ता गर्न थाल्नु भयो । मैले अरुलाई पनि चिनाउन सोधें Who is he ? भन्दा सबैको नाम लिनु भयो । एकजना दाईलाई त तपाईको घरमा माछा खाएको भोली भेट्न आउँदा माछा लिएर आउनु भने । कतिले आफु आफु बीच दुख पिडाका कुरा गर्न थालेका रहेछन । उहाँले पीडा भन्ने शब्द च्याप्प समाउनु भयो र भन्नुभयो झोक्किएर I dont like Pida ! भनेर । मैले फेरि रमाईलो कुरा गर्न भनि अनुरोध गरे त कि उहाँको आत्मबल बढोस् । एकजनाले भने बोल्न रुचाउनु हुने रैछ है । बोलाउनु पनि एक प्रकारको थेरापी हो भने । पछि सबै जना दाइ संग बिदा भएर जान थाले फेरि भेट्न आउनु भनेर सबैलाइ बिदा गर्नु भयो । त्यपछी म मात्र भए मलाइ क्याँउक्याँउ भोक लागे छ, केइ खान नदिएको कुरा म संग गुनासो गर्नुभयो ।

त्यो समयमा भाउजुले खाना खुवाउनु भयो । खाईसकेपछि उहाँलाइ आफ्नै गीत गाउन आग्रह गरे । कुन गीत गाउँ भनि सोध्नुभयो । मैले ए मोर मैयाँ भने उहाँले गाउन थाल्नु भयो । त्यस समयमा त झन आँसु बगि छाडे । अनि मुटुभरिक मनक पीरा भन्ने गीत पनि गाउनुभयो । उहाँले गाएको गीत रेकर्ड गरेर मोबाइलमा देखाइ दिएपछि सुमित्रा छुत्यो भन्नुभयो । कता छ त्यो भनेर झोक्किनु भयो । एउटा कुरा भने अंग्रेजी बोलेपछि कुल भईहाल्नु हुन्छ । Yes we miss Sumitra भनेर । फेरि भन्नुभयो You are right we miss her.

दाईको स्वास्थ सुधार भईरहेको छ । रमाईलो कुरा गरिदिनेको खाँचो छ । चाँदै निको हुनु होला दाई, देवता संग प्रार्थना छ । भेट्न जाने सुभचिन्तकहरुमा अनुरोध सबै जना खानेकुरा लिएर जानुभन्दा पनि आफ्नो गक्ष अनुसार रकम १००/२०० दियौं भने औषधी किन्न मद्दत पुग्ने छ । ‘सुशील दाई’को उँजरा भर सम्झना जोख्ने जिम्मा अब तपाईहरुको ।

बालिका चौधरी
खैरापु्र, बर्दिया

‘सुशील दाई’को उँजरा भर सम्झना

बालिका चौधरी