के के सिकेर आउनुभयो

गुरुप्रसाद कुमाल बुलबुल
११ श्रावण २०८०, बिहीबार
के के सिकेर आउनुभयो

गजल

आमाकाे पेटमै के के सिकेर आउनुभयाे यत्ति भन्नुहोस् ।
याे धर्ती टेकेपछि रुनु भाे कि गाउनुभयाे यत्ति भन्नुहोस् ।

कछुवाले खरायोलाई हराएको हाे इतिहास नबिर्सनुस्,
छल नगरि कति जनालाई हराउनुभयाे यत्ति भन्नुहोस् ।

हजुर हुलाकी मात्र हैन, साहुको चम्चे पनि हुनुहुन्छ,
चम्चागिरी गर्दा तलब कति पाउनुभयो यत्ति भन्नुहोस् ।

अब ठूला माछा समाउछु भन्दै खुब भाषण दिनुभयो,
हिलोमा पस्दै नपसि के के समाउनुभयाे यत्ति भन्नुहोस् ।

लेखकले समाजलाई ऐना देखाउँछ भन्छन् भन्नेहरु,
किन वैज्ञानिकलाई राक्षस बनाउनुभयाे यत्ति भन्नुहोस् ।

गुरुप्रसाद कुमाल बुलबुल
लमही नगरपालिका-४ सेमरहवा डेउखर दाङ

के के सिकेर आउनुभयो

गुरुप्रसाद कुमाल बुलबुल